Wednesday, July 19, 2017

यू १९ वल्डकप छनोटमा नेपाल र अफगानस्तान भिडदै

यू १९ वल्डकप अन्तर्गतको खेलमा अाज नेपाल र अफगानस्तान भिडिरहेका छन् । नेपालले टस जितरे पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । 

Tuesday, July 18, 2017

दिपाश्री निराैलाले गरिन संजोकसँग बिहे (भिडियो सहित)

पहिले तितोसत्य र पछि फिल्मबाट चर्चामा रहेकी दिपाश्री निरौलाले नायिका बर्षा राउतको प्रेमी संजोक कोइरालासँग लगनगाठो कसेकि छन् । तर यो विवाह रियल नभइ रिल लाईफमा मात्र भएको हो ।
गायिका शोभा थापाको स्वर र प्रशान्त पौडेलको लय तथा शब्दमा बनेको बहिनिको भिनाजु’ बोलको गीतमाको म्यूजिक भिडियोमा दिपाश्री र संजोक बेहुला बेहुलीको भूमिका निर्वाह गरेका हुन ।

हलिउडमा रिमेक अाउदै ऋतिकको काविल

ऋतिक रोशनको काबिल चलचित्र रिमेकमा हलिउडमा देखिँदैछ । ट्वेन्टिथ सेन्चुरी फक्सले रिमेक राइट्स किन्न ऋतिकसँग सम्पर्क गरेको भारतिय मिडियाहरूले जनाएका छन् । 
काविलका निर्देशक सञ्जय गुप्ताले भने, फक्सका टोमस जेगिसले हामिसँग सम्पर्क गरेका छन् के हुन्छ हेरै यसको बारेमा अहिल्यै बोल्नु हतार हुने उनले बताए । उनले भने यो भारतिय चलचित्र र काबिलको लागि पनि गर्वको कुरो हो ।
भारतिय अनलाइन पोटलमा गरिएको पोलमा काबिल फिल्मलाई  अहिलेसम्मकै सबैभन्दा राम्रो चलचित्र घोषणा भनिएको छ ।
यस चलचित्रले शाहरुख खानको चलचित्र रईससँग भिड्दा त्यस्तो राम्रो व्यापार गर्न सकेको थिएन ।


Sunday, July 16, 2017

यू १९ वल्डकप छनोटको पहिलो खेलमा नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

अण्डर १९ वल्डकप छनाैट चरणका गेमहरू खेल्न सिंगापुर गएको नेपाली युवा टोलिले अाफ्नो पहिले गेममा 
सिंगापुर विरूद्व ४ विकेटको जित हात पारेको छ ।
नेपालले टस जितेर सिंगापुरलाइ व्याटिङ्को निम्तो दिएको थिए । सिंगापुरका विजृ अएर र सेन अग्रवाल बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । सिंगापुरलाइ सस्तैमा समेट्ने क्रममा नेपाली क्याप्टेन सन्दिप लामिछानेले ५ विकेट, सहवव अालमले ३ तथा किशोर महतोले २ विकेट लिएका थिए
त्यस्तै नेपाली व्याटिङ्को क्रममा रन बन्ने र विकेट जाने क्रम तिब्र गतिमा भयो । नेपालका व्याट्सम्यानहरू सन्दिप सुनार ९ बलमा १ रन बनाएर अाउट भए भने अर्का अोपनर अाशिफ सेख ५ बल खेल्दै ४ रन बनाएर अाउट भए । त्यस्तै प्रनित थापा मगरले २६ बल खेल्दै २३ रन बनाए भने अाक्रामक व्याट्सम्यान दिपेन्द्र सिंह एैरी १२ बलमा २ रन बनाएर पेभेलिएन फर्किए । अनिल शाहले २२ बलमा १९ रन बनाए भने प्रकाश केसिले ६ रन बनाए त्यस्तै नटअाउट रहदै रोहित कुवरले ११ रन तथा पवन श्राफले ४ रनको योगदान दिए । ७ रन नेपालले उपहारको रूपमा पाएको थियो ।


Live Score

Saturday, July 15, 2017

प्रधानन्याधिशमा संसदद्वारा गोपाल पराजुलीको नाम अनुमोदन


संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ। गत विहीबार संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधिशका लागि सिफारिस गरेको थियो।  पुर्व प्रधानन्याधिश सुशीला कार्की प्रधान न्यायाधीशबाट अवकास पाएपछि पराजुलीले कामु प्रधान न्यायाधीशको काम गर्दै अाएका थिए।